Nepalmuhar Full version →
समसामयिक

सर्वोच्च अदालतमा थपिए दुई न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डे

Nepalmuhar November 9, 2024
सर्वोच्च अदालतमा दरबन्दी अनुसार न्यायमूर्तिहरुको संख्या घटिरहेका बेला दुई जना न्यायाधीश थपिएका छन् । यस अघि उच्च अदालतका मुख्य न्यायाधीशद्धय नृपध्वज निरौला र नित्यानन्द पाण्डे संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएसँगै सर्वोच्चमा दुई न्यायाधीश थपिएका हुन् । संसदीय सुनुवाइ समितिको हिजो शुक्रबारको बैठकले...

सर्वोच्च अदालतमा दरबन्दी अनुसार न्यायमूर्तिहरुको संख्या घटिरहेका बेला दुई जना न्यायाधीश थपिएका छन् । यस अघि उच्च अदालतका मुख्य न्यायाधीशद्धय नृपध्वज निरौला र नित्यानन्द पाण्डे संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएसँगै सर्वोच्चमा दुई न्यायाधीश थपिएका हुन् । संसदीय सुनुवाइ समितिको हिजो शुक्रबारको बैठकले न्यायापरिषदबाट न्यायाधीशमा सिफारिस निरौला र पाण्डेलाई सहजै अनुमोदन गरेको छ ।

न्याय परिषद्को असोज ११ गतेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र अर्का मुख्य न्यायाधीश पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । यी दुवै न्यायाधीश न्यायनिरुपणमा काबिल मानिन्छन् ।

Featured सर्वोच्च नित्यानन्द पाण्डे नृपध्वज निरौला