Nepal Muhar Full version →
विविध

काठमाडौँको हाँडीगाउ क्षेत्रका सडक एकतर्फी बनाइयो

Super Admin March 6, 2025
काठमाडौँको हाँडीगाउँका केही सडकहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न ट्रान्सपोटेसन एण्ड ट्राफिक टिम बनाएर स्थलगत र सिसिटिभी क्यामराबाट निगरानी भइरहेको छ ।  यसबाट प्राप्त दृश्य, स्था...

काठमाडौँको हाँडीगाउँका केही सडकहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको छ ।

वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न ट्रान्सपोटेसन एण्ड ट्राफिक टिम बनाएर स्थलगत र सिसिटिभी क्यामराबाट निगरानी भइरहेको छ ।  यसबाट प्राप्त दृश्य, स्थानीयको प्रतिक्रिया र सवारी आवागमनको घट्दो चाप विश्लेषण गरिएको हो । 

कृष्ण मन्दिर चोक, थटु मार्गमा एकतर्फी हुनुअघि र पछिका तस्विरले पनि यसबाट सकारात्मक परिणाम प्राप्त भएको देखाउँछ । 

यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन वडा नं. ५ ले, भवन व्यवस्था समितिको गत पुस ५ गतेको निर्णयानुसार फागुन ७ गतेबाट एकतर्फी सडक व्यवस्था कार्यान्वयनमा ल्याएको हो । 

एकतर्फी गरिएका सडक:

१)  थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महाङ्काल मार्ग – हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने,
२)  विशालनगरतर्फबाट आउने सवारी साधनहरुलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्काल तर्फमात्र प्रवेश गर्न पाउने,
३)  हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरुलाई थटु मार्गतर्फबाट पठाउने,
४)  नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधनहरु वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने,
५)  ढुङ्गेधाराबाट हात्ती महाङ्कालतर्फ प्रवेश निषेध,
६)  वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध,
७) बाल मन्दिरतर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ ।