Nepalmuhar Full version →
अर्थ

काठमाडौं–३ का निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

Nepalmuhar December 14, 2025
नेपाली कांग्रेसका नेता एवम् काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ का निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आज अपरान्ह (२८ मंसिर) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसे गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा...

नेपाली कांग्रेसका नेता एवम् काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ का निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आज अपरान्ह (२८ मंसिर) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसे गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चालिसेविरुद्ध दायर मुद्दामा तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो मागदाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन्।

Featured भ्रष्टाचार मुद्दा सन्तोष चालिसे