Nepalmuhar Full version →
राजनीति

सुनुवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा

Nepalmuhar April 2, 2025
सुनवाइ नसकिए पछि  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा पुनः हेर्दा हेर्दैमा राखिएको छ । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार र बुधवार न्यायाध...

सुनवाइ नसकिए पछि  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा पुनः हेर्दा हेर्दैमा राखिएको छ ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो ।

मंगलबार र बुधवार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो । तर सुनुवाई पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको जनाइएको छ।

पटक पटक पेशी सर्दै आएको  कुलमान र हितेन्द्रदेवको रिटलाई हिजाेवाट भने विशेष प्राथमिकताका साथ सुनुवाई गरिएको छ ।


Featured सुनुवाइ कुलमान-हितेन्द्रदेव