Nepalmuhar Full version →
समसामयिक

सुनसरीको लौकहीबजार तनावग्रस्त, प्रहरी-प्रदर्शनकारीबिच झडप

Nepalmuhar January 1, 2026
सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबजार तनावग्रस्त बनेको छ । ‘सशस्त्र प्रहरीले गोली प्रहार गर्दा’ आझ बिहान ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका हुन् । आज बिहीबार बिहान करिब १ः१० बजे कोसी–१, पुरी टोलमा तस्करी नियन्त्रणका निम्ति खटिएको सशस्त्र प्रहरी टोलीले गोली च...

सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबजार तनावग्रस्त बनेको छ । ‘सशस्त्र प्रहरीले गोली प्रहार गर्दा’ आझ बिहान ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

आज बिहीबार बिहान करिब १ः१० बजे कोसी–१, पुरी टोलमा तस्करी नियन्त्रणका निम्ति खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाएको थियो । साह सोही वडाका स्थायी बासिन्दा थिए । विरोधमा उत्रिएका स्थानीयले सशस्त्र प्रहरी बिटमा आगजनी गरेका छन् । भीड तितरबितर पार्न प्रहरीले हवाईफायर गरेको छ ।

सिटी सफारीमा राति तस्करीको समान ल्याइँदै गरेको अवस्थामा रोक्न खोज्दा उल्टै सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले गोली लागेर साहको मृत्यु भएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

साहको मृत्युपछि स्थानीयवासीले शव उठाउन दिएका छैनन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रशासनले स्थानीयसँग छलफल थालेको छ ।

Featured सुनसरी लौकहीबजार