Nepalmuhar Full version →
राजनीति

देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न दिएको सुझावले सांसद ज्ञानेन्द्र शाही आक्रोशित

Nepalmuhar March 24, 2025
 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादीहरू आक्रोशित भएका छन् ।  हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा पुर्व राजा शाह संबैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न देउवाले सुझाव दिए पछि राजा...

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादीहरू आक्रोशित भएका छन् । 

हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा पुर्व राजा शाह संबैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न देउवाले सुझाव दिए पछि राजावादीहरू आक्रोशित भएका हुन् ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले सभापति देउवाको उक्त भनाइ प्रति रोश प्रकट गरेका छन् । ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो, माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ, राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ,’ शाहीको आक्रोश छ, ‘त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग सपथ खाँदै बन्नुभएको हो ? जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू, यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ ?  हिम्मत छ ?’

देउवा पूर्वराजा