Nepalmuhar Full version →
अन्तर्राष्ट्रिय

कर्मचारीको काँधमा हात राखेकोमा मन्त्रीले दिए राजीनामा

Nepalmuhar February 25, 2025
कर्मचारीको काँधमा हात राख्नु अपराध हुन सक्छ ?  यो प्रश्न के हो भनेर सोच्दै हुनुहुन्छ भने हाम्रो देशमा काँधमा हात राख्नुलाई प्रशंसा मानिन्छ तर तपाईहरु यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि न्यूजिल्याण्डका एक मन्त्रीले यही कारण राजीनामा दिनुपरेको छ । किनभने, उनले एक सरकारी कर्मचारीको काँधमा हात राखेका थिए...

कर्मचारीको काँधमा हात राख्नु अपराध हुन सक्छ ? 

यो प्रश्न के हो भनेर सोच्दै हुनुहुन्छ भने हाम्रो देशमा काँधमा हात राख्नुलाई प्रशंसा मानिन्छ तर तपाईहरु यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि न्यूजिल्याण्डका एक मन्त्रीले यही कारण राजीनामा दिनुपरेको छ । किनभने, उनले एक सरकारी कर्मचारीको काँधमा हात राखेका थिए । यसलाई मन्त्रीको अहङ्कार ठानिए पछि ती मन्त्रीले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएका छन् ।

न्यूजिल्याण्डका वाणिज्य मन्त्री एन्ड्रयु बेलीले गत हप्ता एक कर्मचारीको काँधमा हात राखेपछि आलोचनामा परेको थियो । सो कार्यको विरोध यति बलियो भयो कि बेली सोमबार मन्त्री पदबाट नै राजीनामा दिन बाध्य भएका छन् । 

राजीनामा दिए पछि मन्त्री बेलीले भने, ‘यो घटनाबाट म अत्यन्तै दुखी छु र शिर झुकाएर माफी माग्छु किनभने मैले उत्साहमा उसको अनुमति बिना उसको काँधमा हात राख्न पुगे ।’

प्रधानमन्त्री क्रिस्टोफर लक्सन सरकारका मन्त्री एन्ड्रयु बेलीले अगाडी भने, ‘म ती कर्मचारीको कामबाट निकै प्रभावित भएँको थिए । खासमा उत्साहका साथ मैले उनको हातमा हात राखेको हुँ । यो विषयले यति धेरै महत्व पाउँछ भन्ने मलाई थाहा थिएन । तर, जनताको विरोध प्रबल भएकाले अन्ततः मैले राजीनामा दिने निर्णय गरेको छु ।’ 

राजीनामा पछि प्रधानमन्त्री लक्सनले मन्त्रीले आफ्नो गल्ती स्वीकार गरेको बताएका छन् । उनले भने, ‘अब यसमा राजनीति गर्नुहुँदैन ।’ तर  विपक्षी दलमा रहेका मजदुर पार्टीका नेताहरुले सरकारले यस विषयमा गम्भीरतापूर्वक काम नगरेको आरोप लगाएका छन् ।

जब प्रधानमन्त्रीलाई सोधियो कि अब उनले संसदको सदस्यता पनि त्याग्नेछन त  ? यसबारे लक्सनले भने, ‘एन्ड्रयु बेलीले राजीनामा दिएर गल्ति स्विकार गरिसकेका छन, अब यो भन्दा अरु के चाहियो र ?’ मन्त्री आफैले यस्तो व्यवहारका लागि उनका सबन्धित परिवारसँग माफी पनि मागेको प्रधानमन्त्री लक्सनले जानकारी दिए ।

मन्त्री बेली पहिलो पटक २०१४ मा न्युजिल्यान्डको संसदमा सत्तारुढ नेश्नल पार्टीबाट सांसदका रूपमा निर्वाचित भएका थिए। २०२३ को उत्तरार्धमा लक्सनको विजयपछि उनी वाणिज्य र उपभोक्ता मामिला, साना व्यवसाय र निर्माण र तथ्याङ्क मन्त्री नियुक्त भएका थिए । अहिले मन्त्री पद खाली भएको छ । 

Featured मन्त्री कर्मचारी राजीनामा