Nepalmuhar Full version →
राजनीति

नेकपा (एकीकृत समाजवादी) का तीन दुई दर्जन बढी नेता मूल घरमै रहने

Nepalmuhar October 31, 2025
नेकपा (एकीकृत समाजवादी) का दुई दर्जन बढी नेता माओवादी केन्द्रसँगको एकतामा सहभागी नहुने भएका छन् । ती नेता हुन्, पूर्वप्धानमन्त्री एवम् सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्य...

नेकपा (एकीकृत समाजवादी) का दुई दर्जन बढी नेता माओवादी केन्द्रसँगको एकतामा सहभागी नहुने भएका छन् । ती नेता हुन्, पूर्वप्धानमन्त्री एवम् सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्य धर्मराज निरौला, लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, नन्द बञ्जाडे, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामा, गौतम राई लगायत ।

उनीहरु चोचेमोचे एकताको विपक्षमा उभिएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सहमति गरेर आजको केन्द्रीय समिति बैठकबाट एकताबारे औपचारिक निर्णय गराउने तयारी छ । नेपालले एकता गरे पनि आफूहरू नेकपा एस लाई नै अघि बढाउने पक्षमा रहेको उनीहरुले बताएका छन् ।

आजको केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरे पार्टी फुट्नसक्ने संकेत स्थायी समिति सदस्य झाँक्री, पोलिटब्युरो सदस्य दामोदर अर्यालले गरेका थिए ।

झाँक्रीले सामाजिक सञ्जालमा बिहानै लेखेकी थिइन, ‘व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ, इतिहासको वास्तविकता यस्तै छ। मान्छे नै थपेर बहुमत पुर्‍याउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्नेचाहिँ होइन ।’

त्यसैगरी अर्यालले लेखेका थिए, ‘मनोनीत गर्दै जानुहोस ! बहुमत सिद्ध गर्दै जानुहोस ! तर याद गर्नोस,कमरेड ! तपाईंको “कमिटी बहुमतले“ समाजको बहुमत सिद्ध गर्दैन । समाजमा हामी निरन्तर अल्पमतमा पर्दै गइरहेका छौ ।’

एकीकृत समाजवादी