Nepalmuhar Full version →
राजनीति

निर्वाचन आचारसंहिता स्वीकृत, उम्दा दुई जना प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने

Nepalmuhar December 28, 2025
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ। आयोगको आज आइतबार बसेको बैठकले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको हो। प्रतिनिधि सभाको निर्वाचन आउँदो फागुन २१ गते हुँदैछ । निर्वाचन आचारसंहितामा दल वा उम्मेदवारले प्रचार गर्दा के कस्ता सामग्री प्रयोग गर्न पाउन...

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ। आयोगको आज आइतबार बसेको बैठकले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको हो। प्रतिनिधि सभाको निर्वाचन आउँदो फागुन २१ गते हुँदैछ ।

निर्वाचन आचारसंहितामा दल वा उम्मेदवारले प्रचार गर्दा के कस्ता सामग्री प्रयोग गर्न पाउने भन्ने व्यवस्था गरिएको छ। चुनावी प्रचारमा घोडादेखि हेलिकप्टर प्रयोग गर्न पाइनेछ।

आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहितामा दुई जना उम्दा प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्थाको १४ (छ) मा भनिएको छ, ‘राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएमा मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने।’

राजनीतिक दल वा उम्मेदावरले चुनावी प्रचारमा राष्ट्रिय झण्डा प्रयोगमा कडाइ गरेको छ। १० वटाभन्दा बढी राष्टिन्य झण्डा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।

हेर्नुहोस् आचारसंहिता

Featured आचारसंहिता