Nepalmuhar Full version →
अर्थ

विद्युत प्राधिकरणका कर्मचारीबाट मन्त्रिपरिषद् निर्णयको खरो विरोध

Nepalmuhar November 11, 2024
डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता भुक्तानी नभए पनि २४ घण्टाभित्र विद्युत महसुस तिर्न अटेर उद्योगमा लाइन जोड्ने हिजो बसेको मन्त्रिपरिषद्को निर्णयको नपाल विद्युत् प्राधिकरणका कर्मचारीले संस्था धराशायी बनाउने कदम भन्दै खरो विरोध गरेका छन् । हिजो आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बक्यौता नतिरे पनि...

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता भुक्तानी नभए पनि २४ घण्टाभित्र विद्युत महसुस तिर्न अटेर उद्योगमा लाइन जोड्ने हिजो बसेको मन्त्रिपरिषद्को निर्णयको नपाल विद्युत् प्राधिकरणका कर्मचारीले संस्था धराशायी बनाउने कदम भन्दै खरो विरोध गरेका छन् ।

हिजो आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बक्यौता नतिरे पनि २४ घण्टाभित्र उद्योगमा लाइन जोड्न निर्देशन दिने निर्णय गरेको थियो । नेविप्रा कर्मचारी कल्याण परिषद् तथा नेविप्रा राष्ट्रिय कर्मचारी युनियनले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को उक्त निर्णयको खरो विरोध गरेका हुन् ।

साधारण ग्राहकलाई ६० दिन महसुल नतिरे लाइन काटेर बक्यौता चुक्ता गरेपछि मात्र जोड्ने व्यवस्था छ । तर, ४९ वटा उद्योगले अर्बौ तिर्न बाँकी छ । प्राधिकरणको ताकेता र अदालतको झापडपछि ४९ मध्ये १४ वटा उद्योगले महसुसको किस्ता तिर्न शुरु गरेका थिए ।

तर, केही पहुँचवाला उद्योगहरुको प्रभावमा ओली सरकार उनीहरुसँगै मिल्न पुगेको छ । फलतः सरकारको त्वम् शरणमपछि अटेरी उद्योगीहरुले ठूलो राहत पाएका छन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता महसुल नबुझाई लाइन जोडिए संघर्ष गर्न बाध्य हुने कर्मचारी संगठनले चेतावनी दिएका छन् ।

Featured कर्मचारी विद्युत प्राधिकरण