Nepalmuhar Full version →
राजनीति

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

Nepalmuhar December 27, 2025
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज शनिबार पनि बस्ने भएको छ । केही दिन यता लगातार बसिरहेको बैठक शनिबार पनि हुन लागेको हो । हिजो शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा नेताहरुले धारणा...

नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज शनिबार पनि बस्ने भएको छ । केही दिन यता लगातार बसिरहेको बैठक शनिबार पनि हुन लागेको हो ।

हिजो शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ ।

महाधिवेशनको तयारी र निर्वाचनबारे बैठकमा छलफल चलिरहेको छ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

Featured नेपाली कांग्रेस