Nepal Muhar Full version →
राजनीति

आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा

nepalmuhar April 25, 2025
शिक्षक आन्दोलनको २३ औं दिन, आफ्नो शपथ तथा पदभार ग्रहणको भोलीपल्ट नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई आज शुक्रबार वार्तामा बोलाएका छन् ।  विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई समस्या समाधानका लागि नया...

शिक्षक आन्दोलनको २३ औं दिन, आफ्नो शपथ तथा पदभार ग्रहणको भोलीपल्ट नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई आज शुक्रबार वार्तामा बोलाएका छन् । 

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई समस्या समाधानका लागि नयाँ शिक्षा मन्त्री पन्तले वार्तामा बोलाएका हुन् । 

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै उनले शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन अनुरोध गरेका छन् ।

Featured वार्ता शिक्षक