Nepal Muhar Full version →
समसामयिक

कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ परेको समाचार असत्यः काठमाडौं प्रहरी

nepalmuhar April 28, 2025
नेपाल प्रहरीले विभिन्न सञ्चार माध्यममा प्रकाशित तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ। हिजो अपरान्ह एक विज्ञप्ती जारी गर्दै प्रहरीले तीनकुने घटनामा नेपाली काङ्ग्रेसका सह–महामन्त्रीको छोरालाई नियन्त्रणमा नलिए...

नेपाल प्रहरीले विभिन्न सञ्चार माध्यममा प्रकाशित तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ।

हिजो अपरान्ह एक विज्ञप्ती जारी गर्दै प्रहरीले तीनकुने घटनामा नेपाली काङ्ग्रेसका सह–महामन्त्रीको छोरालाई नियन्त्रणमा नलिएको जनाएको हो ।

‘विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह९महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने प्रेषित समाचारहरूमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ’ जिल्ला प्रहरी परिसर काठमाडौंद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

Featured छोरा कांग्रेस सहमहामन्त्री