Nepalmuhar Full version →
राजनीति

महाधिवेशनको बन्द सत्र ओलीले नै चलाए, परम्परा भत्काउँदै बनाइएन अध्यक्ष मण्डल

Nepalmuhar December 14, 2025
नेकपा (एमाले) को ११‌औं महाधिवेशनको बन्द सत्र निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै सञ्चालन गरेका छन् । जब कि बन्दसत्र सुरु हुनु अघि निवर्तमान केन्द्रीय कमिटी भङ्ग गरी नयाँ नेतृत्व छनोटका लागि अध्यक्ष मण्डल बनाउने परम्पर थियो । उक्त परम्परालाई मिच्दै ओली आफैंले बन्द सत्र चलाएका हुन् । केन्द्रीय कमिटी...

नेकपा (एमाले) को ११‌औं महाधिवेशनको बन्द सत्र निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै सञ्चालन गरेका छन् । जब कि बन्दसत्र सुरु हुनु अघि निवर्तमान केन्द्रीय कमिटी भङ्ग गरी नयाँ नेतृत्व छनोटका लागि अध्यक्ष मण्डल बनाउने परम्पर थियो । उक्त परम्परालाई मिच्दै ओली आफैंले बन्द सत्र चलाएका हुन् ।

केन्द्रीय कमिटीका पदाधिकारी मञ्चमा छन् । स्थायी कमिटी र पोलिटब्यूरोसहित प्रतिनिधि तल राखेर महाधिवेशनको बन्द सत्र सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र अध्यक्षले सञ्चालन गर्ने र अध्यक्ष मण्डल नबनाउने बताउँदै बन्द सत्र अघि बढाएका हुन् ।

Featured महाधिवेशन बन्द सत्र