Nepalmuhar Full version →
राजनीति

ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाटै खतरा छ : प्रभु साह

Nepalmuhar April 15, 2025
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) का इमानदार नेताकार्यकर्ताहरुले नेताहरुको कुकर्मलाई स्वीकार नगर्ने टिप्पणी गरेका छन् आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्म...


आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) का इमानदार नेताकार्यकर्ताहरुले नेताहरुको कुकर्मलाई स्वीकार नगर्ने टिप्पणी गरेका छन्

आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाट खतरा रहेको बताए ।

‘नेपाली कांग्रेस र नेकपा एमालेका इमानदार नेताकार्यकर्ताहरुले यि नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् । नेताहरुको लुट, भ्रष्टाचार तपाईकै पार्टीका नेताकार्यकर्तालाई बढी थाहा छ,’ आजपा अध्यक्ष साहले भने, ‘अत्याचार बिरुद्ध गठित पार्टी जहाँ मदन भण्डारी, विपी कोइरालाको बिचार प्रवाहित भईरहेको छ । त्यो पार्टीले नेताहरुको कुकर्मलाई कदापी स्वीकार्दैनन् ।’

सिंहदरवारबाट भ्रष्ट नेताहरुले कुर्सी खाली गरे मात्रै मुलुकले अहिलको संकटबाट निकास पाउने बताउदै उनले भने, ‘हामीले पटक पटक भनेका छौं, तपाईहरुले कुर्सी छोड्नु । सिंहदरबार खाली गर्नुस् । नेताहरु मालामाल भए, जनता लचार भए । यदी तपाईहरुले कुर्सी छोड्नु भएनन भने जनताले लतारेर निकाल्छन् । तपाईहरुको पार्टीमा हजारौं कार्यकर्ताहरु पनि छन्, जसले तपाईहरुको लुट, भ्रष्टाचार पनि हेरिरहेका छन् । उनीहरुले पनि तपाईलाई छोड्नेवाला छैनन् ।’

अहिले मुलुक गम्भिर संकटबाट गुज्रिरहेको बताउदै उनले नेताहरुले जतिछिटो सिंहदरबारबाट कुर्सी खाली गर्छन् त्यति छिटै नै मुलुकको संकट समाधान हुने बताए ।

Featured प्रभु साह