Nepalmuhar Full version →
राजनीति

सभामुखको कार्यकक्षामा संसद ब्युँताउने बैठक

Nepalmuhar October 15, 2025
सभामुख देवराज घिमिरेको उपस्थितिमा विघटित संसदमा प्रतिनिधित्व गर्ने दलका पूर्व प्रमुख सचेतकहरूवीच छलफल शुरु भएको छ । सभामुख घिमिरेले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा दलहरूको धारणा लिन छलफल आयोजना गरेका हुन् । छलफलमा उपसभामुख इन्दिरा राना,नेपाली कांग्रेसका पूर्व प्...

सभामुख देवराज घिमिरेको उपस्थितिमा विघटित संसदमा प्रतिनिधित्व गर्ने दलका पूर्व प्रमुख सचेतकहरूवीच छलफल शुरु भएको छ । सभामुख घिमिरेले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा दलहरूको धारणा लिन छलफल आयोजना गरेका हुन् ।

छलफलमा उपसभामुख इन्दिरा राना,नेपाली कांग्रेसका पूर्व प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (एमाले) का पूर्व प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) का पूर्व प्रमुख सचेतक हितराज पाण्डेको उपस्थिति छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे,राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सचेतक ज्ञानबहादुर शाही, जनमत पार्टीकी पूर्वप्रमुख सचेतक अनिताकुमारी साह, जनता समाजवादी पार्टीकी पूर्वप्रमुख सचेतक रेखा यादव, संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलगायत डेढ दर्जन व्यक्तिको सहभागिता रहेको छ ।

सहभागीहरूले प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने र सम्भावित कानुनी विकल्पबारे सुझाव दिनेछन् ।

Featured सभामुख संसद