Nepalmuhar Full version →
राजनीति

गगन थापा विरुद्धको मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो

Nepalmuhar April 29, 2025
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्धको मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतमा दायर भएको अदालतको अबहेलना सबन्धी मुद्दामा न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा मुद्दामा प्रारम्भिक सुनुवाइ सकाएका हुन् । अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल...

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्धको मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको छ।

सर्वोच्च अदालतमा दायर भएको अदालतको अबहेलना सबन्धी मुद्दामा न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा मुद्दामा प्रारम्भिक सुनुवाइ सकाएका हुन् ।

अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दिएको निवेदनका आधारमा आजका लागि पेशी तोकिएको थियो । गत आइतबार सर्वोच्च प्रशासनले महामन्त्री थापाबिरूद्दको मुद्दा दर्ता गरेको हो।

गत वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतको कार्यशैली माथी प्रश्न उठाएका थिए ।

‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई– तीन वर्षदेखि तँलाई हान्दिऊँ हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ,” उनले गत बैशाख ११ गते दिएको अभिब्यक्तिलाइ लिएर अधिवक्ता लुइटेलले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

गगन थापा सुनुवाइ