Nepal Muhar Full version →
राजनीति

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

nepalmuhar July 7, 2025
प्रधानमन्त्री केपी शर्मा ओलीले आज २३ असारमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासका निम्ति वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्य...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज २३ असारमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासका निम्ति वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यसूची तय भएको हो । ओली स्पेनबाट अस्ति २० असारमा फर्किएका हुन् ।

नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले उक्त सम्मेलन र स्पेनको औपचारिक भ्रमणका विषय सदनलाई जानकारी गराउने कार्यसूची तय भएको बताएका छन् । प्रधानमन्त्रीले विदेश भ्रमणपूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास छ ।

Featured प्रतिनिधिसभा प्रधानमन्त्री ओली