नेकपा एमालेको पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत पाएका छन् । उपाध्यक्षमा विजयी गुरुङले एक हजार सात सय ३७ मत प्राप्त गरेका छन् ।
अध्यक्ष निर्वाचित केपी ओलीले एक हजार छ सय ६३ मत प्राप्त गरेका छन् । गुरुङले ओलीलेभन्दा ७४ मत बढी पाएका हुन् ।
दोस्रो लोकप्रिय मत पाउनेमा उपाध्यक्षमै विजयी भएका विष्णुप्रसाद पौडेल छन् । पौडेलले एक हजार छ सय ७५ मत प्राप्त गरेका छन् ।