Nepalmuhar Full version →
राजनीति

पूर्णबहादुर खड्काले पाए महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा

Nepalmuhar November 14, 2025
नेपाली कांग्रेसको कार्यसम्पादन समितिले महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । आज बसेको कार्यसम्पादन समितिको अनौपचारिक बैठकले विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षहरूसँग आवश्यक परामर्श गरेर सहमतिको प्रस्ताव ल्याउने जिम्मा दिएको हो । “सहमति जुटाउने जि...

नेपाली कांग्रेसको कार्यसम्पादन समितिले महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । आज बसेको कार्यसम्पादन समितिको अनौपचारिक बैठकले विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षहरूसँग आवश्यक परामर्श गरेर सहमतिको प्रस्ताव ल्याउने जिम्मा दिएको हो ।

“सहमति जुटाउने जिम्मा सभापतिको हो । अहिले कार्यवाहक सभापतिको नेतृत्व भएकाले उहाँले नै सहमतिको पहल गर्ने भन्ने म्यान्डेट बैठकले दिएको छ,” बैठकमा सहभागी नेता रमेश रिजालले भने, “कार्यवाहक सभापतिजीले विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षहरूसँग आवश्यक परामर्श लिएर सहमतिको प्रस्ताव ल्याउनुहुनेछ ।”

खड्काको प्रस्ताव भोलि बस्ने बैठकमा प्रस्ताव हुनेछ । प्रस्तावमा सहजै सहमति भए भोलि नै नभए पर्सिमात्र केन्द्रीय समितिको बैठक बस्नेछ । बैठकमा शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, नेता विमलेन्द्र निधि र सहमहामन्त्री महेन्द्र यादवले सहमतिको प्रस्ताव के हुन सक्छ भनेर कार्यवाहक सभापतिलाई प्रस्ताव गर्न आग्रह गरेका थिए ।

Featured महाधिवेशन पूर्णबहादुर खड्का