Nepalmuhar Full version →
राजनीति

पूर्वराजालाई पक्राउ गरेर देखाउन राजेन्द्र लिङ्देनको चुनौती

Nepalmuhar March 29, 2025
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्। आज शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा लिङ्देनले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन्। ”राजालाई विवादमा...

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्। आज शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा लिङ्देनले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन्।

”राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि स्प्रष्ट छु । राजालाई एरेस्ट गरेर देखाउनु अनि शक्ति हामी देखाउछौँ”, उनले भने। उनले चुनाव जित्न सजिलो हुन्छ भनेर पूर्वराजाको नाम नलिएको पनि बताए।

”राजा जस्ले बोके पनि हुन्छ, जस्ले ल्याए पनि हुन्छ भनेर हामीले बारम्बार भनिरहेका छौँ । हामीले कुनै व्यक्तिगत फाइदा र व्यक्तित्वको प्रयोजनका लागि राजसंस्था चाहिन्छ भनेको होइन”, उनले भनेका छन् ।

Featured राजेन्द्र लिङ्देन पूर्वराजा