Nepalmuhar Full version →
राजनीति

राजेन्द्र लिङ्देनले सगुनसुन्दर लावतीलाई हटाए राप्रपाको प्रवक्ताबाट

Nepalmuhar July 9, 2025
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सगुनसुन्दर लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका छन् । अध्यक्ष लिङ्देनले आज बुधबार लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन्। पाँचथरका लावती राप्रपाका पूर्वनेता स्वर्गीय पद्म सुन्दर लावतीका छोरा हुन् । प्रवक्ता मोहन श्रेष्ठले...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सगुनसुन्दर लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका छन् । अध्यक्ष लिङ्देनले आज बुधबार लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन्। पाँचथरका लावती राप्रपाका पूर्वनेता स्वर्गीय पद्म सुन्दर लावतीका छोरा हुन् ।

प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्ष लिङ्देनले लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका हुन्। लावतीमाथि केही समयदेखि पार्टी गतिविधिमा सक्रिय रूपमा सहभागी नभएको आरोप थियो।

लावती पछिल्लो समय नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ मा क्रियाशील भएको र राप्रपाका कार्यक्रममा सहभागी नरहेको आरोप थियो।

राप्रपामा ७ जना प्रवक्ता थिए। अझै पनि छ जना बाँकी छन् ।

Featured राप्रपा सगुनसुन्दर लावती