Nepalmuhar Full version →
राजनीति

रञ्जिता श्रेष्ठले गंगाराम चौधरीलाई नाउपा संसदीय दलको नेता र महासचिवबाट हटाइन्

Nepalmuhar August 15, 2025
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको (नाउपा) को अध्यक्ष यथावत गरिदिएपछि रञ्जिता श्रेष्ठले गंगाराम चौधरीलाई पार्टी महासचिव र संसदीय दलको नेताबाट बर्खास्त गरेकी छन् । चौधरीले महासचिवको हैसियतमा पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरेकाले जिम्मेवारीबाट हटाएको श्रेष्ठको दाबी छ। ‘उहाँलाई दुईपटकसम्...


निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको (नाउपा) को अध्यक्ष यथावत गरिदिएपछि रञ्जिता श्रेष्ठले गंगाराम चौधरीलाई पार्टी महासचिव र संसदीय दलको नेताबाट बर्खास्त गरेकी छन् । चौधरीले महासचिवको हैसियतमा पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरेकाले जिम्मेवारीबाट हटाएको श्रेष्ठको दाबी छ।

‘उहाँलाई दुईपटकसम्म स्पष्टीकरण सोधियो। तर चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको हो’ अध्यक्ष श्रेष्ठको जिकिर छ । श्रेष्ठले चौधरीलाई आजै शुक्रबार कारबाहीको पत्र पठाएकी हुन् ।

नाउपा संस्थापकहरूको यही साउन १५ गतेको भेलाले अध्यक्ष श्रेष्ठलाई हटाउने निर्णय गरेको थियो। तर, निर्वाचन आयोगले साउन २७ गते उनैलाई अध्यक्षको मान्यता दिएको थियो। झण्डै एक वर्ष अघिबाट नाउपा कचिंगल नै कचिंगलको भूमरीमा छ ।

Featured रञ्जिता श्रेष्ठ गंगाराम चौधरी