Nepalmuhar Full version →
राजनीति

रास्वपाले आशिका तामाङलाई स्पष्टीकरण सोध्ने !

Nepalmuhar May 9, 2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट धादिङ-२ बाट निर्वाचित सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने तयारी गरेको बुझिएको छ। सामाजिक सञ्जालमा पार्टीको विषयमा विभिन्न टिकाटिप्पणी गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने तयारी भएको रास्वपाका एक नेताले सञ्चार माध्यमलाई सूचना चुहाएका छन् ।आज...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट धादिङ-२ बाट निर्वाचित सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने तयारी गरेको बुझिएको छ।

सामाजिक सञ्जालमा पार्टीको विषयमा विभिन्न टिकाटिप्पणी गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने तयारी भएको रास्वपाका एक नेताले सञ्चार माध्यमलाई सूचना चुहाएका छन् ।आज शनिबारदेखि जाउलाखेलको कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा सुरू भएको पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमस्थलका बारेमा पनि उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेकी थिइन् ।

उनले सिंहदरबारभन्दा बाहिर कार्यक्रम राखिएकोप्रति सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी छन्। सामाजिक सञ्जालमा लेखेकी थिइन, ‘संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल सापटी लिएर गर्नु पर्ने कुनै बाध्यता पक्कै होइन होला ? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति, बाहिर किन आखिर ? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कसले गर्ने ?’, उनले प्रश्न गरेकी छन्, ‘कि सांसदहरूलाई सुरक्षाको लागि महँगा हलहरुमा कार्यक्रम गरिएको हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा ? अरु दिन चाहिँ पर्दैनरु हामी आफै परिवर्तनको पक्षमा हिडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उही भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त ?’

उनको यही प्रश्नमाथि स्पष्टीकर सोध्न लागिएको एक नेताले बताएका हुन्।

Featured आशिका तामाङ स्पष्टीकरण