Nepalmuhar Full version →
राजनीति

पौने चार करोड बुझाएर रिहा भए रवि, दिए धम्की सबको हिसाबकिताब गर्नु छ

Nepalmuhar December 19, 2025
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार रकम बुझाएर रिहा भएका छन् । उनले जिल्ला अदालत, रुपन्देहीमा एक करोड धरौटी र बिगो वापतको बैंक जमानत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएर रिहा भएका हुन्। धरौटी र बिगो वापतको बैंक जमानत बुझाएपछि रवि थु...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार रकम बुझाएर रिहा भएका छन् । उनले जिल्ला अदालत, रुपन्देहीमा एक करोड धरौटी र बिगो वापतको बैंक जमानत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएर रिहा भएका हुन्।

धरौटी र बिगो वापतको बैंक जमानत बुझाएपछि रवि थुनामुक्त भएका रुपन्दैही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए। ‘उच्च अदालतको आदेशअनुसार, बैंक जमानत बुझाएपछि छुट्नु भएको छ,’ अर्यालले सञ्चारकर्मीसँग भने । उनले एक करोड धरौटी सुरुमै थुनछेक आदेश हुँदा बुझाइसकेका थिए। पौने ३ करोड बैंक जमानत पनि उनले यसअघि निवेदनकासँगै पेस गरेका थिए ।

हिजो बिहीबारको उच्च अदालत, तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार, कागज गरेर उनी आज साँझ रिहा भएका हुन्। रविलाई अदालतमा उच्च अदालतको आदेश अनुसारका सर्तमा कागज गराइएको छ। उच्च अदालतले विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने, यो मुद्दामा फैसला हुँदा थप दायित्व सिर्जना भएको अवस्थामा त्यसलाई स्वीकार गर्ने र तिर्ने लगायत सर्त राखेको थियो।

Featured रवि लामिछाने रिहा