Nepalmuhar Full version →
राजनीति

रञ्जिताले बोलाएको नाउपाको बैठकमा छैनन रेशम

Nepalmuhar August 31, 2025
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । तर, अध्यक्ष रञ्जिता श्रेष्ठले बैठकमा पति रेशमलाल चौधरीलाई भने बोलाएकी छैनन् । तसर्थ नाउपाका संरक्षक रेशम चौधरी बैठकमा सहभागी छैनन् । बैठकका लागि अध्यक्ष श्रेष्ठले चौधरीलाई निम्ता नै नदिएकी हुन् । यो बैठकमा पार्टी गठन गर्ने...

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । तर, अध्यक्ष रञ्जिता श्रेष्ठले बैठकमा पति रेशमलाल चौधरीलाई भने बोलाएकी छैनन् । तसर्थ नाउपाका संरक्षक रेशम चौधरी बैठकमा सहभागी छैनन् ।

बैठकका लागि अध्यक्ष श्रेष्ठले चौधरीलाई निम्ता नै नदिएकी हुन् । यो बैठकमा पार्टी गठन गर्ने बेला निर्वाचन आयोगमा नाम पठाइएका २१ जना केन्द्रीय सदस्यहरू सहभागी छन् । रेशम चौधरी संस्थापक भए पनि उनको नाम निर्वाचन आयोगमा छैन । त्यही भएर उनलाई नबोलाएको उक्त पार्टीका एक नेताको भनाइ छ ।

ती नेता भन्छन्, ‘आजको बैठक निर्वाचन आयोगमा ज–जसको नाम गएको छ, उनीहरूको बैठक हो । आयोगमा रेशम चौधरीको नाम गएको छैन, सायद त्यही भएर उहाँलाई बोलाइएको छैन ।’

रेशम चौधरीलाई नबोलाए पनि अध्यक्ष श्रेष्ठले सङ्घीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुखहरूलाई पनि बैठकमा बोलाएकी छिन् । संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबिच अहिले विवाद चलिरहेको छ । केही समयअघि चौधरीले राष्ट्रिय भेला बोलाएर अध्यक्ष श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए । उनको ठाउँमा लालवीर चौधरीलाई अध्यक्ष बनाइएको थियो ।

तर निर्वाचन आयोगले लालवीर चौधरीलाई अध्यक्षमा मान्यता दिएन । जसले गर्दा रञ्जिता श्रेष्ठ नै अहिले अध्यक्षमा कायम भएकी छन् । अध्यक्षमा कायम भएपछि श्रेष्ठले बोलाएको यो पहिलो बैठक हो । दुई दिनसम्म चल्ने बैठकमा विधान संशोधन, रुपन्देही–३ मा हुने उपनिर्वाचनलगायतको विषयमा छलफल हुने बताइएको छ ।

केन्द्रीय समितिमा केही व्यक्तिलाई मनोनयन गरिए पनि निर्वाचन आयोगमा अद्यावधिक गराइएको छैन । त्यसको बारे पनि छलफल हुने बताइएको छ ।

Featured नाउपा रञ्जिता श्रेष्ठ