Nepalmuhar Full version →
राजनीति

अनेरास्ववियु अध्यक्ष कडरियाको राजीनामा स्वीकृत, महासचिव धामीलाई जिम्मेवारी

Nepalmuhar November 17, 2025
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले घोषणा गरेको राजीनामा ७० दिनपछि स्वीकृत भएको छ । २घ भदौको जेनजी विद्राृेहमा एकै दिन २१ जनाको हत्या भएपछि उनले राजीनामा घोषणा गरेका थिए । उनको राजीनामा आज बसेको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको छ । बैठकले अध्यक्षको जिम्मेवार...

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले घोषणा गरेको राजीनामा ७० दिनपछि स्वीकृत भएको छ । २घ भदौको जेनजी विद्राृेहमा एकै दिन २१ जनाको हत्या भएपछि उनले राजीनामा घोषणा गरेका थिए । उनको राजीनामा आज बसेको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको छ । बैठकले अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको छ ।

‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ कडरियाले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु ।’

२३ भदौमा राजीनामा घोषणा गरेपनि २४ कात्तिकमा एमालेले घर फर्क अभियान घोषणा गरेर रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतलाई पाटपर््मा पुनः भित्राएको दिन कडरिया पनि केही पदाधिकारीको जुलुस सहित केन्द्रीय कार्यालय फर्किएर सम्बोधन समेत गरेका थिए । ।त्यसैदिन कडरियाले वक्तव्य जारी गरी जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका अरु सबै नेताहरुलाई पनि आ–आफ्नो भूमिकामा फर्कन अपिल गरेका थिए ।

यता महासचिव दीपक धामीले परित्याग गरिसकेको अध्यक्ष पदमा नफर्कन चेतावनी दिँदै वक्तव्य जारी गरेका थिए । यो विवाद सतहमा आएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । पदाधिकारी र केन्द्रीय सदस्यहरुको माग बमोजिम आज बसेको केन्द्रीय समिति बैठकबाट कडरिया अध्यक्ष पदबाट बिदा भएका छन् । कार्यवाहक अध्यक्षको जिम्मेवारी धामीले सम्हालेका छन् ।

Featured राजीनामा डा. सुजन कडरिया