Nepalmuhar Full version →
राजनीति

रास्वपा सचिवालय बैठक बस्दै, केन्द्रिय विभागमा मनोनयन गरिने

Nepalmuhar December 27, 2024
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । सभापति रबि लामिछाने तीन महिना बढी समयदेखी हिरासतमा रहे पछि पार्टीका गतिबिधि अघि बढाउन सचिवालय बैठक बोलाइएको हो । बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । आजको बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । सभापति रबि लामिछाने तीन महिना बढी समयदेखी हिरासतमा रहे पछि पार्टीका गतिबिधि अघि बढाउन सचिवालय बैठक बोलाइएको हो । बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

आजको बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी गतिबिधिलाइ निरन्तरता दिनका लागि यो बैठक बोलाइएको हो  । 


Featured रास्वपा सचिवालय