Nepalmuhar Full version →
समसामयिक

आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसियामा सुरु

Nepalmuhar June 8, 2025
मलेसियाको सेलाङ्गर राज्य स्थित पानासोनिक कम्प्लेक्स, सुकान नेगरा साआलममा  आर.टी.एफ.सी. प्रथम गोल्ड कप २०२५ को शुरुआत भएको छ। मलेसियामा रहेका नेपाली समुदायका लागि यस खेल प्रतियोगिताले एक उत्सवको रूप लिन थालेको छ। खेलको उद्घाटन समारोहमा प्रमुख अतिथि महामहिम राजदूत डा. नेत्र प्रसाद तिम्सिना, विशेष अतिथ...

मलेसियाको सेलाङ्गर राज्य स्थित पानासोनिक कम्प्लेक्स, सुकान नेगरा साआलममा  आर.टी.एफ.सी. प्रथम गोल्ड कप २०२५ को शुरुआत भएको छ।

मलेसियामा रहेका नेपाली समुदायका लागि यस खेल प्रतियोगिताले एक उत्सवको रूप लिन थालेको छ।

खेलको उद्घाटन समारोहमा प्रमुख अतिथि महामहिम राजदूत डा. नेत्र प्रसाद तिम्सिना, विशेष अतिथि एनअारएनए मलेसिया का अध्यक्ष राकेश प्रसाद महतो, आरसी हरि भट्टराई, ICC सदस्य टेक बी टमटा, नेपाली जनसम्पर्क समिति प्रवक्ता सरोज दाहाल, दूतावासका प्रथम सचिव बलिराम धामी, पत्रकार र संघसंस्था का प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा १७ वटा टिमहरूले भाग लिएका छन्। आयोजकले खेलको महत्व र आगामी दिनमा मलेसियामा रहेका नेपाली समुदायको खेलकुद र संस्कृतिको क्षेत्रमा गरिने योगदानको बारेमा जानकारी गराएका छन्।

खेलमा विभिन्न पुरस्कारहरू समेत निर्धारित गरिएको छ:

यो प्रतियोगिता आगामी दुई दिनसम्म चल्नेछ। आयोजक आर.टी.एफ.सी. का अध्यक्ष राजु तामाङले खेलको अवधिमा मलेसियामा रहेका नेपाली समुदायलाई अझ बढी खेलकुद र सांस्कृतिक क्षेत्रमा संलग्न गराउने लक्ष्य राखेको बताएका छन्।

NRNA मलेसिया का अध्यक्ष राकेश प्रसाद महतोले मलेसियामा रहेका नेपालीहरूको लागि खेलकुद र सांस्कृतिक कार्यक्रमहरूको आयोजनामा सहयोग गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै, भविष्यमा यस्ता कार्यक्रमहरू अझ प्रभावकारी ढंगले आयोजना गरिने बताए।

आर.टी.एफ.सी. गोल्ड कप २०२५ मलेसियामा नेपाली खेलकुदको विकास र समुदायको एकता बढाउन महत्त्वपूर्ण कदमको रूपमा अघि बढिरहेको छ।

मलेसिया गोल्ड कप