Nepal Muhar Full version →
अन्तर्राष्ट्रिय

युक्रेनमा रुसको एकैसाथ २६७ ड्रोनबाट आक्रमण

nepalmuhar February 23, 2025
रुसले युक्रेनमा एकैसाथ २६७ ड्रोनले आक्रमण गरेको छ । युक्रेन युद्धको तीन वर्ष पूरा हुनुभन्दा एक दिन अगाडि यो भिषण आक्रमण गरिएको बताइएको छ । युक्रेनको वायुसेना कमान्डका प्रवक्ता युरी इग्नाटले रुसले एकैचोटि यति धेरै ड्रोनहरू प्रहार गरेको यो पहिलो पटक हो । युक्रेनी अधिकारीहरूका अनुसार खार्किभ, पोल्टाभा,...

रुसले युक्रेनमा एकैसाथ २६७ ड्रोनले आक्रमण गरेको छ । युक्रेन युद्धको तीन वर्ष पूरा हुनुभन्दा एक दिन अगाडि यो भिषण आक्रमण गरिएको बताइएको छ । युक्रेनको वायुसेना कमान्डका प्रवक्ता युरी इग्नाटले रुसले एकैचोटि यति धेरै ड्रोनहरू प्रहार गरेको यो पहिलो पटक हो ।

युक्रेनी अधिकारीहरूका अनुसार खार्किभ, पोल्टाभा, सुमी र कीभ लगायत कम्तीमा १३ शहरहरूमा एकसाथ ड्रोन आक्रमण गरिएको थियो । युक्रेनी सेनाले रुसले पनि ३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।

बीबीसीका अनुसार यस आक्रमणमा धेरै भवनहरूमा क्षति पुगेको छ । आपतकालीन सेवाका अनुसार यसमा अहिलेसम्म ३ जना घाइते भएका छन् । केही रिपोर्टहरूका अनुसार खेरसनमा दुई जनाको मृत्यु भएको छ । यद्यपि यो कुराको पुष्टि अझै भएको छैन । यसबाहेक क्रिभी रीहमा पनि एक जनाको मृत्यु भएको छ । क्रिभी रिह एक औद्योगिक शहर हो, जहाँ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको जन्म भएको थियो ।

यसको जवाफमा युक्रेनले पनि रुसमाथि आक्रमण गरेको छ । रुसको रक्षा मन्त्रालयले आइतबार युक्रेनले २० वटा ड्रोनबाट आक्रमण गरेको बताएको छ । तर उनीहरूले सबै ड्रोनहरू खसालेको दाबि गरेका छन् ।


रुस युक्रेन