Nepalmuhar Full version →
राजनीति

समाजवादी मोर्चा ब्युँतिने, आज बैठक बस्दै

Nepalmuhar January 15, 2025
आज समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउनका लागि आज बैठक बोलाइएको छ । जसका लागि चार दल आबद्द समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बसेको थियो । नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठसहित नेकप...

आज समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउनका लागि आज बैठक बोलाइएको छ ।

जसका लागि चार दल आबद्द समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बसेको थियो । नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठसहित नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले तयार पारेको प्रतिबेदन माथी छलफल हुने जनाएको छ। 

माओवादी अध्यक्ष प्रचण्ड सत्ताच्युत भए पछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो ।
 

Featured बैठक समाजवादी मोर्चा