Nepalmuhar Full version →
राजनीति

मधेस प्रदेशमा सभामुख चयन हुँदै

Nepalmuhar December 21, 2025
मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार (पुस ६) मतदान हुँदै छ । मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उमेदवारी परेपछि निर्वाचन हुन लागेको हो । मधेस प्रदेशमा सभामुखका लागि जसपा नेपालका रामआशीष यादव र नेकपा (एमाले) का त्रिलोकी प्रसादले उमेदवारी दिएका छन् । यादव सत्तारुढ सात दलीय गठबन्धनका उमेदवार हु...

मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार (पुस ६) मतदान हुँदै छ । मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उमेदवारी परेपछि निर्वाचन हुन लागेको हो ।

मधेस प्रदेशमा सभामुखका लागि जसपा नेपालका रामआशीष यादव र नेकपा (एमाले) का त्रिलोकी प्रसादले उमेदवारी दिएका छन् । यादव सत्तारुढ सात दलीय गठबन्धनका उमेदवार हुन् । प्रदेशसभा सचिवालयले प्रकाशित गरेको सभामुखको निर्वाचन कार्यतालिकाअनुसार सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठकमा सभामुख निर्वाचनसम्बन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ ।

जसपा नेपालको प्रमुख सचेतक समेत रहेका यादवको उमेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा (माओवादी केन्द्र) का फकिरा महतो समर्थक छन् । सभामुखको उमेदवारी दर्ताअघि बसेको सातदलीय गठबन्धनको बैठकबाट यादवलाई सर्वसम्मत रूपमा साझा उमेदवार बनाउने निर्णय गरेको थियो ।

त्रिलोकी प्रसादको उमेदवारीमा एमालेकी प्रदेशसभा सदस्य शारदादेवी थापा प्रस्तावक र जयचन्द्रप्रसाद पटेल समर्थक छन् ।

Featured सभामुख मधेस प्रदेश