Nepal Muhar Full version →
राजनीति

शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सर्वोच्चको आदेश

nepalmuhar April 25, 2025
सर्वोच्च अदालतले काठमाडौंमा केन्द्रीत भएर आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले त्यस्तो आदेश जारी गरेको हो । अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रि...

सर्वोच्च अदालतले काठमाडौंमा केन्द्रीत भएर आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले त्यस्तो आदेश जारी गरेको हो ।

अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय संसद् सचिवालय, कानुन मन्त्रालय, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।

सामुदायिक तथा सार्वजनिक विद्यालयका शिक्षकहरु काठमाडौंमा केन्द्रीत भइ आन्दोलन सुरु गरेको आज २४ दिन हुँदैछ । शिक्षकहरु आन्दो्लनमा उत्रिएको हिजो २घ दिनका दिन सर्वोच्चको आदेश आएको हो ।

Featured विद्यालय शिक्षक