Nepalmuhar Full version →
राजनीति

सीके राउतको पार्टीको पक्षमा सर्वोच्चको फैसला, जनस्वराज पार्टी बदर

Nepalmuhar November 13, 2025
जनमत पार्टी विभाजनविरुद्ध सीके राउतले दायर गरेको रिटमा सर्वोच्च अदालतले जनस्वराज पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गरिदिएको छ । आज बिहीबार सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनीलकुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले बिहीबार जनस्वराज पार्टी असंवैधानिक भएको ठहर गरेको हो ।...

जनमत पार्टी विभाजनविरुद्ध सीके राउतले दायर गरेको रिटमा सर्वोच्च अदालतले जनस्वराज पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गरिदिएको छ ।

आज बिहीबार सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनीलकुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले बिहीबार जनस्वराज पार्टी असंवैधानिक भएको ठहर गरेको हो । जनमत पार्टी विभाजन गरेर गठन भएको जनस्वराज पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आयोगनको निर्णयविरुद्ध राउत सर्वोच्च गएका थिए ।

सर्वोच्चको आदेशसँगै उपाध्यक्ष दीपक साह नेतृत्वको जनस्वराज पार्टीको वैधानिकता समाप्त भएको छ । साहले जनमतका ५२ मध्ये १४ केन्द्रीय कार्यकारिणी सदस्य लिएर जनस्वराज पार्टी खडा गरेका थिए । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनमतले ६ सिट जितेको थियो । राष्ट्रिय पार्टी बनेको जनमतले मधेस प्रदेश सरकारको नेतृत्वसमेत गरिसकेको छ ।

सर्वोच्चले विधायिकाले बनाएको कानुन संशोधन गर्ने अध्यादेश निष्क्रिय वा खारेज भइसकेपछि पुरानो प्रावधान ब्युँताउने विधेयक वा अध्यादेश जारी नभएमा पनि पुरानो व्यवस्था स्वतः ब्युँतिने व्याख्यासमेत गरिदिएको छ । यसैले नियमावली देखाएर २० प्रतिशतले दल फुटाउने प्रवृत्तिमा रोक लागेको छ ।

Featured फैसला सीके राउत