Nepal Muhar Full version →
समसामयिक

भोटेकोसीको बाढीको विनासः सुख्खा बन्दरगाहबाट ११ जना बेपत्ता, उद्दार गर्न गएको हेलि फर्कियो त्यतिकै

Super Admin July 8, 2025
भोटेकोसी नदीमा आज बिहान आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन्। आज बिहानै भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। ‘रसुवा भन्सार कार्यालयको यार्डमा पार्किङ गरेर राखेका ग...

भोटेकोसी नदीमा आज बिहान आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन्। आज बिहानै भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।

‘रसुवा भन्सार कार्यालयको यार्डमा पार्किङ गरेर राखेका गाडीमा रहेका ११ जना बाढीमा बेपत्ता भएको खबर आएको छ,’ उनले सञ्चारकमीृहरुसँग भने, ‘हामी बाढीमा फसेका र बेपत्ता भएका मानिसहरुको उद्धार र खोजी मा लागेका छौँ। क्षतिको विवरण संकलनको काम हुँदैछ।’

यता नुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न गएको हेलिकप्टर फर्किएको छ । विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा २ जना व्यक्ति फसेका छन् । उनीहरुको उद्धारका लागि गएको पहिलो हेलिकप्टर उद्धार गर्न नसकी फर्किएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पहिले आएको सानो हेलिकप्टरले उद्धार गर्न नसकेपछि अर्को ठूलो हेलिकप्टर पुगेको छ । अहिले उद्धार कार्य जारी छ ।

Featured बाढी भोटेकोसी