Nepalmuhar Full version →
राजनीति

जनकपुरमा लोसपाको मधेस प्रदेश संसदीय दलको बैठक सम्पन्न

Nepalmuhar June 6, 2025
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा मधेस प्रदेश संसदीय दलको अनौपचारिक बैठक सम्पन्न भएको छ। बैठकमा हालको राजनीतिक अवस्था, जनताका समसामयिक समस्या समाधानका उपाय, तथा पार्टीको संगठनात्मक सुदृढीकरण लगायतका विषयमा गहन छलफल भएको  हो । अध्...

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा मधेस प्रदेश संसदीय दलको अनौपचारिक बैठक सम्पन्न भएको छ।

बैठकमा हालको राजनीतिक अवस्था, जनताका समसामयिक समस्या समाधानका उपाय, तथा पार्टीको संगठनात्मक सुदृढीकरण लगायतका विषयमा गहन छलफल भएको  हो ।

अध्यक्ष ठाकुरले बैठकलाई सम्बोधन गर्दै मधेसका जनताको अधिकार र समृद्धिका लागि पार्टी निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पारेका छन । सांसदहरूबीच समन्वय, नीति निर्माणमा सहकार्य, तथा आगामी रणनीतिहरूका बारेमा समेत बैठकमा विचारविमर्श भएको थियो। 

बैठकले स्थानीय तहदेखि प्रदेशसम्म जनतामाझ पार्टीको उपस्थिति मजबुत पार्न सबै सदस्यलाई सक्रिय रुपमा लाग्न आह्वान गरेको छ।


मधेस प्रदेश लोसपा