Nepalmuhar Full version →
राजनीति

राष्ट्रियसभाको बैठक बस्दै

Nepalmuhar July 4, 2025
संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ । उक्त विधेयकलाई...

संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

उक्त विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची छ ।

Featured राष्ट्रियसभा