Nepalmuhar Full version →
राजनीति

मातृभाषामा शपथ लिने सांसदको संख्या पुग्यो ६३

Nepalmuhar March 26, 2026
नेपाली बाहेकको मातृभाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको संसद सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयता...

नेपाली बाहेकको मातृभाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् ।

संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सांसदहरुलाई आग्रह गरेको छ । २०६३ सालको अन्तरिम संसद्का ५८ जनाले विभिन्न मातृभाषामा शपथ लिएका थिए ।

गणतन्त्रपछि नेपाली भाषाबाहेक मातृभाषामा शपथ लिनेहरू अझ बढे । २०६४ को संविधानसभामा २६४ जनाले आ–आफ्ना मातृभाषामा शपथ लिएका थिए । २०७० मा ३५, २०७४ मा ४६ र २०७९ सालमा २८ सांसदले नेपाली बाहेकका मातृभाषामा शपथ लिएका थिए ।

नवनिर्वाचित सांसदहरुले संस्कृत, मैथिली, भोजपुरी, अवधी, मगर, गुरुङ, नेवारी, लिम्बु, तामाङ, राई, पूर्वी थारू, पश्चिमी थारू, राना थारू, डोटेलीलगायतका भाषामा शपथ लिदैछन् ।

Featured शपथ मातृभाषा