प्रतिनिधिसभा बैठकमा विपक्षीहरुले गर्दै आएको अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिको बैठक डाकेका छन् । संसदको अवरोध हटाउने, बजेटमाथिको छलफल अघि बढाउन समय निर्धारण र संसदका आगामी कामहरका योजनाका ‘क्यालेन्डर’ तय गर्न बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले आज शुक्रबार अहिले बिहान ११ बजे दलका मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् । उनले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी सांसदले बैठक अस्ति मंगरबारदेखि संसदअवरुद्ध गरिरहेका छन् । हिजो १५ जेठमा भने बजेट प्रस्तुत गर्न दिनका लागि उनीहरु संसद् सुचारु गर्न राजी भएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते बिहान ११ बजे बस्ने योजना छ ।