Nepalmuhar Full version →
राजनीति

ओली र लेखकमाथि दिएन सर्वोच्च थुनामुक्तको आदेश, अब तीनमा हुनसक्छन् थुनामुक्त

Nepalmuhar April 6, 2026
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि पर्सी बिहिबार (चैत्र २६ गते) भित्र अनुसन्धान सक्न आदेश दिएको छ । न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गर्दै (चैत २६) भित्र अनुसन्धान टुङ्गिन नसके थुनामुक्त...

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि पर्सी बिहिबार (चैत्र २६ गते) भित्र अनुसन्धान सक्न आदेश दिएको छ ।

न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गर्दै (चैत २६) भित्र अनुसन्धान टुङ्गिन नसके थुनामुक्त गर्नू भनेको छ ।

सर्वोच्चको आदेशमा उल्लेख छ, ओली र लेखकलाई फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु ।झ

भदौ २३ को जेनजी विद्रोहमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग गरे गराएको आरोपमा बालेन सरकार बनेकै भोलिपल्ट अस्ति चैत्र १४ गते एकाबिहानै ओली र लेखक पक्राउ परेका थिए । प्रहरीले ज्यान मुद्दाको कसुरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राख्दै आएको छ ।

ओली र लेखक दुवैका श्रस्मतीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । त्यही रिट माथि उक्त आदेश भएको हो ।

Featured सर्वोच्च थुनामुक्त