Nepalmuhar Full version →
समसामयिक

जापान पठाइदिन्छु भन्दै ४२ लाख ठग्ने टोपेन्द्र पक्राउ

Nepalmuhar May 28, 2025
वैदेशिक रोजगारीको लागि जापान पठाइदिने बहानामा लाखौं ठग्ने एक पक्राउ परेका छन्। सल्यान कपुरकोट गाउँपालिका-२ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ बस्दै आएका २३ वर्षीय टोपेन्द्र रानामगर पक्राउ परेका हुन्। उनलाई टोखाबाटै मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। रानामगरल...

वैदेशिक रोजगारीको लागि जापान पठाइदिने बहानामा लाखौं ठग्ने एक पक्राउ परेका छन्।

सल्यान कपुरकोट गाउँपालिका-२ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ बस्दै आएका २३ वर्षीय टोपेन्द्र रानामगर पक्राउ परेका हुन्।

उनलाई टोखाबाटै मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

रानामगरले दुई जनाबाट ४२ लाख ३० हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो। रकम लिएर सम्पर्कविहीन भएपछि उनीविरूद्ध दुई जनाले प्रहरीमा उजुरी दिएका थिए। रानामगरलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

न्यूजील्याण्ड पठाइदिन्छु भन्दै एक जनाबाट साढे ९ ख ठगी गरेको आरोपमा बनेपा नगरपालिका-२ का ४० वर्षीय शिवराम घिमिरे र पोल्याण्ड पठाउने बहानामा दुई जनाबाट ४ लाख २० हजार रुपैयाँ ठगी गर्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका-५ का ३९ वर्षीय ङिमा शेर्पासमेत पक्राउ परेका छन्।


Featured वैदेशिक रोजगारी जापान