Nepalmuhar Full version →
राजनीति

मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी

Nepalmuhar December 20, 2025
मधेस प्रदेश सभाको सभामुखका लागि दुई जना सांसदले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ ७ दलीय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादव र नेकपा (एमाले) का त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिएका छन् । आज शनिबार बिहान ११ बजेदे...

मधेस प्रदेश सभाको सभामुखका लागि दुई जना सांसदले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ ७ दलीय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादव र नेकपा (एमाले) का त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिएका छन् । आज शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो।

जसपा नेपालको प्रमुख सचेतकसमेत रहेका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेपाली कम्युनिष्ट पार्टी (नेकेपा) का फकिरा महतो समर्थक छन्। सभामुखमा उम्मेदवारी दर्ता अघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो।

त्यस्तै, त्रिलोकी प्रसादको उम्मेदवारीमा एमालेकी प्रदेश सभा सदस्य शारदादेवी थापा प्रस्तावक र जयचन्द्रप्रसाद पटेल समर्थक छन्। सभामुखका लागि उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो।

एमालेको अविवेकी निर्णयले केही समय अघि मधेस प्रदेशबाट प्रदेश प्रमुख, मुख्य मन्त्री र सभामुख तीन वटै पद गुमाएको थियो ।

सभामुख मधेस प्रदेश