Nepal Muhar Full version →
विशेष रिपोर्ट

उपनिर्वाचन : इलाम–२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

nepalmuhar July 24, 2024
नेपाल मुहार – २०८०-१२-०७  आगामी १५ वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम–२ मा नेपाली कांग्रेसको क्षेत्रीय समितिले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस भएका छन् । कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा भेषराज आचार्...

नेपाल मुहार – २०८०-१२-०७ 

आगामी १५ वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम–२ मा नेपाली कांग्रेसको क्षेत्रीय समितिले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस भएका छन् ।

कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राई तामाङको नाम सिफारिस गरेको हो ।

उक्त नाममलाई बिहीबार (८ चैत)भित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने र प्रदेशले १० चैतमा केन्द्रमा नाम पठाउनेछ ।