Nepal Muhar Full version →
समसामयिक

ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

nepalmuhar May 20, 2025
सर्लाही बलरा नगरपालिका स्थित एकजनाको घरमा पूजा गराउन गएका पुजारीको पानिखान जाँदा ट्युवेलमा करेन्ट लागेर मृत्यु भएको छ। बलरा ५ महतो टोल बस्ने बिजय महतोको घरमा पुजा गराउन गएको गोडैता गाउँपालिका २ बस्ने बर्ष ७० को महादेव महतो९पुजारी० लाई मोटर जडान भएको ट्युवेलमा पानि खाने क्रममा दिउँसो पौने ३बजे करेन्ट...

सर्लाही बलरा नगरपालिका स्थित एकजनाको घरमा पूजा गराउन गएका पुजारीको पानिखान जाँदा ट्युवेलमा करेन्ट लागेर मृत्यु भएको छ।

बलरा ५ महतो टोल बस्ने बिजय महतोको घरमा पुजा गराउन गएको गोडैता गाउँपालिका २ बस्ने बर्ष ७० को महादेव महतो९पुजारी० लाई मोटर जडान भएको ट्युवेलमा पानि खाने क्रममा दिउँसो पौने ३बजे करेन्ट लागेको थियो। करेन्ट लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार भईरहेको क्रममा डक्टरले चेक जाँच गर्दा सावा ३ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक पुजारीको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा रहेको,प्रहरी चौकी अर्नाहाबाट असईको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ


करेन्ट ट्युवेल