Nepal Muhar Full version →
समसामयिक

सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या

nepalmuhar September 26, 2024
सर्लाहीमा बैदेशिक रोजगारीबाट फर्किएका एकजना युवकले गएराती आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । उनको गोली प्रहारबाट उनको बुबा समेत घाईते भएका छन् ।  स्थानीय हरिपुर्वा नगरपालिका -५ घर भएका ३० वर्षीय धिरेन्द्र राय यादवले प्रहार गरेको गोली लागेर उनको श्रीमती २५ वर्षीया चित्रलेखा राय यादवको घटना...

सर्लाहीमा बैदेशिक रोजगारीबाट फर्किएका एकजना युवकले गएराती आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । उनको गोली प्रहारबाट उनको बुबा समेत घाईते भएका छन् । 

स्थानीय हरिपुर्वा नगरपालिका -५ घर भएका ३० वर्षीय धिरेन्द्र राय यादवले प्रहार गरेको गोली लागेर उनको श्रीमती २५ वर्षीया चित्रलेखा राय यादवको घटनास्थलमा नै ज्यान गएको हो । 

गोली लागेर उनको बुबा ५३ वर्षीय दिनेश राय यादव समेत  घाइते भएका छन । श्रीमतीको टाउकोमा र बाबुको दाहिने हातमा गोली प्रहार गरिएको छ । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हत्याका आरोपी धिरेन्द्र फरार रहेको तथा उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक महिलाको शव समाचार तयार पार्दासम्म घटनास्थलमै रहेको छ । अहिले घटनास्थलमा प्रहरी सहित स्थानिय सैयौं महिला पुरुष जम्मा भएका छन् । 

घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ । 

केहीसमय अघि यादव बैदेशिक रोजगारबाट फर्केपछि पारिवारिक विवादका कारण यो घटना भएको बताइएको छ । घटना पछि आरोपी युवक र उनीसँग आएका गरी तीनैजना फरार भएका छन् ।

घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हत्या श्रीमती