बागमती प्रदेशको भावी मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरिएको छ। नेकपा एमालेको समर्थनसहित कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीमा  दाबी पेस गरेका हुन् । 

हिजो तत्कालिन मुख्यमन्त्री बहादुरसिंह लामाले राजिनामा दिएको भोलीपल्ट अर्थात आज  सत्ता गठबन्धन दल एमालेको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

कुल  ६४ मतसहित बानियाँको दावी प्रस्तुत भएको छ । जसमा कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा रहेको छ। प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ः०० बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।