नेपाली कांग्रेसकी सांसद शान्ति बिकले सुमेरू ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिने नाममा गोरखाका एक व्यक्तिलाई ठगी गरेको आरोप लगाएकी छन् ।
आज बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद बिकले भनिन्, ‘सुमेरू ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिन्छु भनेर गोरखाका एक व्यक्तिले घर बेचेर २०१० मा २५ लाख रुपैयाँ दिएको खुलासा भएको छ । २०१० बाट २०२५ सम्म आइपुग्दा यस्ता पीडित कति भए होलान् ।’
उनले थपिन्, ूट्राभल्सको नाममा मानव तस्कर गर्ने अनि अरुलाई मानव तस्करजस्तो शब्द प्रयोग गरेर जबरजस्ती सावित गर्न खोज्नु घृणित व्यवहार हो । बिनाआधार, बिनाउजुरी मानव तस्कर शब्द प्रयोग गरेर अरूको राजनीतिक, सामाजिक, व्यक्तिगत चरित्र समाप्त पार्ने कोसिस केवल यो सहकारी रिस साँधिएको हो ।ूउनले प्रधानमन्त्रीको साथमा स्पेन गएका केही व्यक्ति नफर्किएको तथ्यहीन आरोप नलगाउन पनि आग्रह गरिन् ।
‘देशको प्रधानमन्त्रीसँग देशको गरिमा जोडिएको हुन्छ । स्पेन भ्रमणमा बहानामा टोली लिएर गएर उहाँ नै छोडेको भन्ने आरोप छ । तथ्यहीन आरोप लगाएर रे र अरेको भरमा देशको प्रधानमन्त्रीमाथि आरोप लगाउनु यो गरिमामय सदनमा हल्का टिप्पणी गर्नु हो,’ उनले आफ्नो सम्बोधनमा भनेकी छन् ।
✏️ टिप्पणी लेख्नुहोस्