प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी छ । प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेतालाई शनिबार (पुस १२) दिउँसो आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर छलफल गरेकी हुन् ।
छलफलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि छलफलमा सहभागी रहेका उनको सचिवालयले जनाएको छ । निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका निम्ति प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरूसँग छलफल गरेकी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा यसअघि शीतलनिवासमा प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग छलफल गरेकी थिइन् । सरकारका प्रवक्ता खरेलले शुक्रबार ९पुस ११० देउवा, ओली र प्रचण्डसँग उनीहरूकै निवासमा पुगेर छलफल गरेका थिए ।
✏️ टिप्पणी लेख्नुहोस्