संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछन् । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । दुबै समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा २०८२ असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, तथा मन्त्रालयसँग सम्बन्धित आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरुका बारेमा छलफल हुनेछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग आयोगबाट भएका कामकारवाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेछ ।
✏️ टिप्पणी लेख्नुहोस्