श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँलाई प्रहरीले पक्राउ गरेको छ । । अस्ति शनिबार राति श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई हिजो आइतबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी हिजै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।
“प्रहरीको प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान् श्रीमतीबीच बोलचाल नभएको थाहा भएको छ,’’ उनले भने, ‘‘श्रीमान् लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्नेभन्दै रिसको आवेगमा हत्या गरेको हुनसक्ने देखिएको छ ।’’
✏️ टिप्पणी लेख्नुहोस्